• २०८१ बैशाख २० बिहीबार

विप्लवप्रति प्रधानमन्त्री आक्रामक – ‘पार्टीको नाम लुटेरा समुह राख’ 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवको माओवादीलाई नेकपा नाम परिवर्तन गरेर लुटेरा समुह नाम राख्न गर्न आग्रह गरेका छन् ।

आज सिके राउतसँग सम्झौता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव समुहले नेकपा भन्दा आफुलाई लाज भएको बताए ।  

प्रधानमन्त्री ओलीले भने, ‘नेकपा भन्न लाज हुन्छ, नेकपा हुदा पनि होइन, विप्लव समुह भन्ने छ एउटा, लुट्नका लागि त्यो नेकपा भन्ने बर्को त फाल कमसेकम, आफुले पनि नेकपा भन्नु परेको छ त्यस्ताले पनि नेकपा भनिराखेका छन्, बेइज्जत भैसक्यो नेकपा भन्न पनि ।’

उनले अगाडी भने, ‘म भन्न चाहन्छु, उनीहरुका पर्चा पनि मैले हेरेको छु । बन्दुक एसएमजीसहितका मान्छे समातेको, जनतालाई दमन गर्न पाइन्छ ? सरकारले के खोजेको ? सर्वसाधारण माथि दमन गर्ने ? खानतलासी गर्न पाइन्छ ? भनेका छन् । चन्दाका नाममा मान्छे लुटेर हिड्ने, मान्छेको हत्या गर्दै हिड्ने, बम विष्फोट गराउदै हिड्ने, कम्युनिष्ट पार्टीको नाम लिने कमसेकम कम्युनिष्ट पार्टीको नाम लिन बन्द गर लुटेरा समुह भन्ने नाम राख । लुटेरा समुह अरुपनि छन् भने लुटेरा समुह विप्लव राखेपनि हुन्छ, प्रकाण्ड लुटेरा समुह राखेपनि हुन्छ । म अझै पनि उनीहरुलाई भन्न चाहन्छु त्यो बाटो छोड्नुस । शान्ति सुरक्षा गर्ने काम सरकारको सरकारले त्यो काम गर्छ म सुन्ने गरि भन्न चाहन्छु ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै