• २०८१ बैशाख १४ शुक्रबार

लाहोर पराजित, प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त !    

kharibot

काठमाडौँ । पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत लाहोर कलान्दर्स इस्लामावाद युनाइटेडसँग ४९ रनले पराजित भएको छ ।

गएराती भएको खेलमा इस्लामावाद युनाइटेडले दिएको २३९ रनको लक्ष्य पछाएको लाहोरले २० ओभरमा ९ विकेट गुमाउदै १८९ बनाएपछि ४९ रनले खेल गुमाउन पुग्यो ।

लाहोरका लागि शोहैल अख्तरले सर्वाधिक ७५ रन बनाए भने फखर जमानले ३८ रन बनाए । इस्लामावादका बलर फहीम अशरफले ६ विकेट लिए । फहीमले ४ ओभरमा १९ रन दिएर लाहोरका ६ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इस्लामावादले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । इस्लामावादका लागि क्यामरुन डेल्पोर्टले उत्कृष्ट शतक बनाएका थिए । डेल्पोर्टले ६० बलमा १३ चौका र ६ छक्काको मद्धतले ११७ रन अविजित बनाएका थिए । त्यस्तै चडविक वाल्टनले ४८ रन र आसिफ अलीले ५५ रन बनाएका थिए ।

महँगो भए सन्दीप :

नेपाली युवा बलर सन्दीप लामिछानेले पहिलो ओभरमा उत्कृष्ट बलिङ गरेपनि त्यसपछिक तीन ओभरमा महँगो साबित भएका छन् । सन्दीपले आफ्नो ४ ओभरको स्पेलमा कुल ४६ रन दिएर १ विकेट लिएका हुन् ।

सन्दीपले पहिलो ओभरमा केबल एक रन दिएर इस्लामावादका फिलिप साल्टलाई १० रनको निजी रनमा आउट गराएका थिए ।

तीन ओभरमा एक विकेट लिएर २० रन दिएका सन्दीपले चौथो ओभरमा ४ छक्कासहित २६ रन खाएका थिए । 

यो सँगै सन्दीपले यस प्रतियोगितामा ६ खेलमा कुल ११ विकेट लिएका छन् । 

यो हारसँगै लाहोरले ९ खेलमा केबल ३ खेल जितेर ६ अंक बटुल्दै पाँचौ स्थानमा रहेको छ । लाहोर प्लेअफमा पुग्ने झिनो सम्भावना भने अझै बाँकी रहेको छ । लाहोरले अब अन्तिम खेलमुल्तान सुल्तानसँग खेल्ने छ । तर लाहोरले अन्तिम खेल जितेपनि हाल चौथो स्थानमा रहेको कराची किंग्स बाँकी दुई खेलमा पराजित भएमा लाहोर प्लेअफमा पुग्ने छ ।

क्वेटा ग्लाडियटर्स, इस्लामावाद युनाइटेड र पेशावर जालमी प्लेअफमा पुगिसकेका छन् ।    
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै