• २०८१ बैशाख १७ सोमबार

पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित

kharibot

काठमाडौँ । पाकिस्तानमा जारी रहेको पाकिस्तान सुपर लिग (पीएसएल)  टी-२० प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

विभिन्न फ्रेन्चाइजीका सात खेलाडी र स्टाफहरुलाई कोरोना संक्रमण भएपछि पाकिस्तान क्रिकेट बोर्डले जारी पीएसएल स्थगित गरेको हो ।

फेब्रुअरी २० बाट शुरु भएको लिगमा अहिले लिग चरणका खेलहरु भइरहेका थिए । लिगका खेलहरु आधा मात्र खेलेको बेला नै कोरोनाका कारण लिग नै स्थगित गरेको छ ।

बोर्डले खेलको नयाँ मिति पछि सार्बजनिक गर्ने जनाएको छ । 

बोर्डले टिमका मालिकहरुसँगको सल्लाहपछि हाललाई स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

पीएसएल खेल्न कराची पुगेका नेपाली खेलाडी सन्दीप लामिछानेको टिम लाहोर कलान्दर्सले आज खेल्ने भनिएको खेलपनि लिग स्थगित भएसँगै स्थगित भएको छ ।

राशिद खानको ठाउमा सन्दीपलाई लाहोरले अनुबन्ध गरेपछि उनी कराची पुगेका थिए । सन्दीप आजको खेलका लागि उपलब्ध रहेका थिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै