• २०८१ बैशाख १७ सोमबार

सन्दीप पाकिस्तान सुपर लिग खेल्न प्रस्थान

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसल)  खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

अहिले जारी पिएसलमा सन्दीपलाई लाहोर कलान्दर्सले अफगानिस्तानका स्पिनर राशिद खान राष्ट्रिय टिममा फर्किएपछि उनको ठाउमा सन्दीपलाई अनुबन्ध गरेको हो । राशिद अफगानिस्तानले जिम्बाबेविरुद्ध खेल्ने सिरिजका लागि राष्ट्रिय टिममा फर्किएका हुन् ।

सन्दीप शनिबार बिहान कतारको दोहा हुदै पाकिस्तानको कराची प्रस्थान गरेका छन् ।

लिगका १० खेल मध्ये अहिलेसम्म लाहोरले ३ खेल खेलिसकेको छ भने सन्दीपले लिगका कम्तिमा ६ खेल्न सक्ने उनका म्यानेजर रमन शिवाकोटीले खरीबोटलाई बताए । लाहोरले आफ्नो चौथो खेल आइतबार खेल्दै छ । 

सन्दीपले यसअघि २०१९ मा पनि लाहोरबाट खेलेका थिए । यस बर्षको खेलाडी अक्सनमा भने सन्दीप अन्सोल्ड भएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै