• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा २० दसमलव ३३ अंकले बृद्धि, सबै सुचक हरियो 

kharibot

काठमाडौ । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से उच्च अंकले बढेको छ । 

आज नेप्से २० दसमलव ३३ अंकले बढेर ११ सय ६३ दसमलव २६ बिन्दुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव २१ अंकले बढेर दुई सय ४७ दसमलव ४७ बिन्दुमा चढेको छ ।

एक सय ७६ कम्पनीहरुको सात हजार चार सय ५१ वटा कारोवारमा १८ लाख ९५ हजार सात सय २० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५१ करोड २९ हजार सात सय ९६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढ्दा नेप्से पुरै हरियो देखिएको छ । बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव २८ अंकले बढेर एक हजार तीन दसमलव ९४ बिन्दुमा चढ्दा बिकास बैंक समुहको सुचक २२ दसमलव ९४ अंकले बढेर १७ सय ५६ दसमलव ८८ बिन्दुमा चढेको छ ।

यसैगरी जलबिद्युत समुहको सुचक पनि ३२ दसमलव १२ अंकले बढेर ११ सय ९१ दसमलव ७४ बिन्दुमा चढ्दा निर्जिवन बीमा समुहको सुचक पनि २९ दसमलव ९२ अंकले बढेर पाँच हजार पाँच सय ७० दसमलव ४७ बिन्दुमा चढेको छ ।

यी बाहेक फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको कारोवार सुचक पनि उच्च अंकले बढेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर ९९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिटिजन म्युचअल फण्ड—१ को प्रतियुनिट सेयर मुल्य एक रुपैयाँ ९२ पैसाले घटेर आठ रुपैयाँ ६६ पैसामा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनसीसी बैंकको प्रतिकित्ता दुई सय १७ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड एक लाख ६५ हजार तीन रुपैयाँको कारोवार भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै