मेयरको पद खाली भएपछि निर्वाचनद्वारा बोकालाई बनाइयो मेयर

खरीबोट

अमेरिकाको भर्मोन्ट राज्यको एक सहरमा एउटा बोकालाई सहरको मेयरका रुपमा चुनिएको छ ।

लिंकन नाम गरेको उक्त बोका करिब २५०० जनसङ्ख्या भएको फेयर हेबन सहरको मेयर बनेको हो । तीन वर्षिया लिंकनको चयन सहरको मेयरका लागि मंगलबार सम्पन्न भएको मतदान कार्यक्रमद्वारा भएको थियो ।

मतदानमा बोकासँगै केही कुकुर र बिरालाहरू गरेर १६ वटा जनवारहरूलाई मेयरको उम्मेदवारका रुपमा उठाइएको थियो । मेयरको चुनावका लागि भने केवल केटाकेटीहरूले मात्र मतदान गर्न पाउने नियम बनाइएको थियो र मतदान हुने दिन सहरका बालबालिकाहरू आफ्नो अभिभावकसँग मतदान केन्द्रमा उपस्थित भएका थिए । मेयरको पदमा विजयी हुने क्रममा लिंकनले सबैभन्दा बढी १३ भोट प्राप्त गरेको थियो ।

फेयर हेबनमा अहिले कुनै आधिकारिक मेयर छैनन् । त्यहाँका सहर व्यवस्थापकलाई नै मेयरको सरह जिम्मेवारी दिने गरिएको छ । लिंकनले अब एक वर्षसम्म सहरको मेयरको पदमा रहनेछ ।

त्यसपछि त्यहाँ आधिकारिक रुपमा मेयरको निर्वाचन सम्पन्न हुने जनाइएको छ । अहिले फेयर हेबनका सहर व्यवस्थापक रहेका जोसेफ गन्टरले मिसिगन राज्यको एक सहरमा एउटा बिरालोलाई मेयर चुनिएको खबर पढेपछि आफ्नो सहरमा पनि मेयरका लागि जनवारहरू बीच चुनाव आयोजना गर्ने विचार आएको संचारमाध्यमलाई बताएका थिए ।

गन्टरकाअनुसार चुनावको प्रमुख उदेश्य सहरमा बच्चाहरूको लागि एक खेल मैदान निर्माण गर्नु रहेको थियो जसका लागि उम्मेदवार उठाउने प्रत्येक जनवारका मालिकबाट ५ डलर उठाइएको थियो ।

सम्बन्धित समाचार

मेयरको पद खाली भएपछि निर्वाचनद्वारा बोकालाई बनाइयो मेयर

अमेरिकाको भर्मोन्ट राज्यको एक सहरमा एउटा बोकालाई सहरको मेयरका रुपमा चुनिएको छ । लिंकन नाम गरेको उक्त बोका करिब २५०० जनसङ्ख्या भएको फेयर हेबन सहरको मेयर बनेको हो । तीन वर्षिया

तनाव हुँदा जे पनि निल्ने व्यक्ति, पेटमा भेटियो २ केजीको ढुंगा, सिक्का र बोतलका बिर्को

काठमाडौँ । अत्यधिक मात्रामा पेट दुखेपछि अस्पताल भर्ना भएका एक दक्षिण कोरियाली व्यक्तिको पेटबाट डाक्टरहरूले करिब २ किलो बराबरको ढुंगा, बोतलका बिर्को र सिक्का निकालेका छन् । डाक्टरहरूले थुप्रै परिक्षण

सार्कको डीएनएमा मानवको आयु बढाउने रहस्य लुकेको वैज्ञानिकहरूको दाबी

काठमाडौँ । विशाल र अद्भुद जीनोम भएका कारण सार्कहरूको अध्ययनबाट मानवको आयु बढाउन साकिने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । सेता सार्कहरूको डीएनए अध्ययनको क्रममा यस्ता परिवर्तनहरू भेटिएको छ जसले गर्दा यी

१० करोड वर्ष अघिका सिकारी माकुराका आँखाहरू चम्किरहेका भेटिए

काठमाडौँ । झन्डै १० करोड वर्ष अगाडिका प्राचीन सिकारी माकुराको अवशेष पुरिएको अवस्थामा फेला परेको छ ।  अचम्मको कुरा, यी माकुराका आँखाहरू अझै पनि जीवित जस्तै गरी चम्किरहेका भेटिएका छन् ।


z