• २०८१ बैशाख १७ सोमबार

साइना नेहवालको बायोपिकबाट श्रद्धा आउट, परिणीति इन 

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर चर्चित भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकबाट बाहिरिएकी छन् ।

श्रद्धा कपुर सो फिल्मबाट बाहिरिएसँगै अब साइना नेहवालको बायोपिकमा परिणीति चोपडा भित्रिएकी छन् । अब साइनाको भूमिकामा श्रद्धाको ठाउ परिणीतिले लिने निश्चित भएको हो ।

गत बर्ष सेप्टेम्बरबाट यस फिल्मको सुटिंग सुरु गरिएको भएपनि अभिनेत्री श्रद्धालाई डेंगु भएपछि फिल्मको सुटिंग रोकिएको थियो । तर डेंगु ठिक भएपछि श्रद्धा फिल्मबाट बाहिरिएकी छन् । श्रद्धाले अब यस फिल्मलाई दिएको डेट डान्समा आधारित फिल्म एबीसीडी-३ लाई दिएको बताइएको छ । सुटिंग डेटको कारण श्रद्धाले यो फिल्म छोडेको भनिएको छ । श्रद्धा अहिले बाहुबली फेम प्रभाससँगको फिल्म साहोको प्रमोसनमा व्यस्त छन् । 

यता परिणीतिलाई भने यस फिल्म चिठ्ठा परेको भनिएको छ । परिणीतिको अक्षयकुमारसँगको फिल्म केशरी रिलिजको संघारमा छ भने सिद्धार्थ मल्होत्रासँग जबरिया र अर्जुन कपुरसँग सन्दीप और पिंकीमा आउदै छन् ।

यस बायोपिकलाई अमोल गुप्तेले निर्देशन गरेका छन् भने टि-सिरिजले निर्माण गर्दै छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै