• २०८१ बैशाख १५ शनिबार

रियलको सेल्टामाथि सहज जित : जिदानको विजयी सुरुवात

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले सेल्टा डी भिगोविरुद्ध सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा रियलले सेल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा इस्को र ग्यारेथ बेलले एक एक गोल गरेका हुन् । पहिला हाफ बिना कुनै गोल सकिएको खेलमा रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । रियलले खेलको ६२औ मिनेटमा इस्कोको गोलमा सुरुवाती अग्रता लिएको थियो भने खेलको ७७औ मिनेटमा बेलले गोल गर्दै रियलको अग्रता दोब्बर गरेका थिए ।

रियलको प्रशिक्षकमा फर्किएका जिनेदिन जिदानले आफ्नो दोस्रो पारीमा विजयी सुरुवात गरेका छन् ।

जितपछि रियलको २८ खेलमा ५४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ९ अंकले पछाडी रहेको छ । सेल्टा भने २८ खेलमा २५ अंकसहित रेलिगेसन जोनमा रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय