• २०८१ बैशाख १५ शनिबार

सिटी र वाटफोर्ड एफए कपको सेमिफाइनलमा, म्यानचेस्टर युनाइटेड बाहिरियो    

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरिएको छ । गएराती भएको खेलमा युनाइटेड वोल्भरहम्पटनबाट २-१ गोल अन्तरले पराजित भएपछि एफए कपको क्वाटरफाइनलबाट पराजित भएको हो ।

वोल्भरको जितमा राउल जिमेनेज र डियोगो जोटाले एक एक गोल गरेका थिए भने युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले गरेका थिए ।

खेलमा युनाइटेडका भिक्टर लिंडेलोफले रातो कार्ड पाएपनि भिडियो रेफ्रीले त्यसलाई अश्विकार गरेपछि उनी बचेका थिए ।

जितपछि वोल्भरहम्पटन एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  

त्यस्तै गएराती नै भएको खेलमा म्यानचेस्टर सिटीले स्वांसी सिटीलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको जितमा बेर्नाँडो सिल्भा र सर्जियो अग्युरोले एक एक गोल गरेका थिए । एक गोल स्वांसीले आत्मघाती गोल गरेको थियो । 

त्यस्तै गएराती नै भएको अर्को खेलमा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा वोल्भरहम्पटन, म्यान्चेस्टर सिटी र वाटफोर्ड पुगेका छन् भने आज हुने ब्राइटन र मिलवालबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने चौथो टिम हुने छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय