• २०८१ बैशाख १५ शनिबार

जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले फुलहाममाथि २-१ गोल अन्तरले जित हासिल गरेको छ । गएराती भएको खेलमा लिभरपुलले फुलहामलाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुलको जितमा साडियो माने र जेम्स मिल्नरले एक एक गोल गरेका थिए । त्यस्तै फुलहामका लागि एक गोल रायन बबेलले एक गोल गरेका थिए ।

यो सँगै सेनेगलका मानेले यस सिजनको प्रिमियर लिगमा १७ गोल गरेका छन् ।

जितसँगै लिभरपुल ३१ खेलमा ७६ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३० खेलमा ७४ अंक रहेको छ ।

त्यस्तै गएराती नै भएको लिगको अर्को खेलमा चेल्सी एभर्टनसँग पराजित भएको छ । एभर्टनका लागि रिचार्लिसन र सिगुर्सनले एक एक गोल गर्दै जित दिलाएका थिए ।

हारपछि चेल्सी ३० खेलमा ५७ अंक सहित लिगको छैठौ स्थानमा रहेको छ ।एभर्टन भने ३१ खेलमा ३० अंक सहित लिगको ११औ स्थानमा रहेको च ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय