• २०८१ बैशाख १४ शुक्रबार

पुर्वमूमा बडामहारानी रत्न अस्पतालबाट डिस्चार्ज 

kharibot

पुर्व मूमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

यही फागून २१ गते काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारको लागि भर्ना भएकि रत्न स्वास्थ्य ठिक भएपछि आज अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

९१ बर्षीय रत्नलाई खोकी लाग्ने,  कफ आउन गाह्रो हुने समस्या देखिएको थियो । साथै उनलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको थियो । 
उनको डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको टिमले  उपचार गरेको थियो ।

पुर्व बडामहारानी रत्न, पुर्व राजा ज्ञानेन्द्र शाह तथा पुर्व रानी कोमलका तर्फबाट उपचारमा संलग्न चिकित्सक, कर्मचारी,  व्यवस्थापन एवं स्वास्थ्य लाभको कामना गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै