एएफसी कपका लागि मनाङ मर्स्याङ्दीद्वारा खेलाडीको घोषणा

खरीबोट

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची आज सार्वजनिक गरेको हो । 

लिगको उपाधि यात्रामा समावेश अधिकांश खेलाडीको नाम समावेश गर्दै मनाङले नाम पठाएको जनाएको छ । 

क्लबका अनुसार २१ सदस्यीय खेलाडीमा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की, डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश कुँवर, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन् ।

मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ र फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन् ।

एएफसी कपको समूह ‘डी’मा रहेको मनाङले बङ्गलादेशको अबहानी लिमिटेड र भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसीसँग ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा मनाङले बङ्गलादेशी लिग च्याम्पियन अबहानी लिमिटेडसँग यही चैत २० गते ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ । त्यसपछिका खेलतालिका भने सार्वजनिक गरिएको छैन ।  
 

सम्बन्धित समाचार

एएफसी कप अन्तर्गत बंगलादेशी क्लब अबहानीसँग मनाङ पराजित   

काठमाडौं । एएफसी कप २०१९ को लागि पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग पराजित भएको छ । काठमाडौँ, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अबहानीले पहिलो हाफमा

एएफसी कप अन्तर्गत मनाङ र ढाका अबहानीबीच आज प्रतिष्पर्धा हुदै 

काठमाडौँ । एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले बुधबार पहिलो खेल खेल्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा मनाङले पहिलो

एएफसी कपका लागि मनाङ मर्स्याङ्दीद्वारा खेलाडीको घोषणा

काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लबले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।  लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको


z