• २०८१ बैशाख २६ बुधबार

काभ्रे गोली प्रकरण : विप्लव समुहका ४ जना पक्राउ

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान पछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौं ल्याइसकिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

मंगलबार राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ भएको थियो । विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचनाका अधारमा महानगरीय अपराध अनुसन्धान महाशाखा महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको प्रहरी टोली काभ्रे पुगेको थियो।

उनीहरुलाई फलो गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ । सो घटनामा कोहि घाइते भने नभएको बताइएको छ ।

यसअघि २८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै उनीहरुका गतिविधि माथि सरकारले निगरानी बढाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै