• २०८१ बैशाख १६ आइतबार

पक्राउ पुर्जीविरुद्ध विप्लवको आन्दोलन घोषणा

kharibot

काठमाडौं । महासचिवलगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।

आफ्ना नेताहरुविरुद्धको पक्राउ पुर्जी २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने छ । राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय