होलीको दिन काठमाडौँ उपत्यकामा ५५८ सवारी साधन कारवाहीमा 

खरीबोट

काठमाडौँ । होलीको अवसरमा काठमाडौँ उपत्यकामा ५५८ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यलयका अनुसार होलीको दिन ५५८ सवारी साधनलाई नियन्त्रणमा लिएको र १५२ सवारी साधानलाई कसुर अनुसारको कारवाही गरि छाडिएको जनाएको छ ।

काठमाडौँमा मात्रै १०७ स्थानमा ‘चेक प्याइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ । होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । 

ट्राफिक प्रहरीका अनुसार तिन जना मोटरसाइकलमा सवार रही चलाएको सवारी साधान ७१,हेल्मेट नलगाई चलाएको सवारी साधान २६, कागजपत्र साथमा नभएको सवारी साधान कारवाही संख्या ३०८, मादक पदार्थ सेवन गरी सवारी साधान चलाएको कारवाही संख्या ६७, लापरवाहीका साथ सवारी साधान चलाएको कारवाही संख्या ६४ र बिना पास (बिदाको दिनमा) सवारी साधान चलाएको कारवाही संख्या २२ रहेको छ ।

सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको जनाएको छ । 

होलीका कारण आज काठमाडौँ उपत्यकामा सवारी आवागनम न्यून देखिएको छ । अन्य सार्वजनिक बिदाभन्दा आज काठमाडौँमा अत्यन्त न्यून सवारी सञ्चालनमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । छिटफुट सार्वजनिक सवारी चलेका देखिन्छन् भने सामान्य मात्रामा निजी सवारी सञ्चालनमा छन् । सबै होलीमा रमाइरहेकाले सवारी कम चलेको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । 

चेकजाँच कडाइसँगै हेलमेट नलगाई हिँड्ने, मापसे गर्ने जबर्जस्ती गर्ने, मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलगायत गतिविधिमा ट्राफिक प्रहरीले कडाइ गरेको छ उनले बताए ।  
 

सम्बन्धित समाचार

होली मनाउने क्रममा रुपन्देहीमा दुर्घटना हुँदा दुईको मृत्यु

रुपन्देही । होली मनाउने क्रममा रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा विहिबार दुई जनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–१ लौघामा होली मनाएर फर्कंदै गर्दा तीव्रगतिमा चलाएको मोटरसाइकल पल्टिँदा एक जना युवकको

होलीको दिन काठमाडौँ उपत्यकामा दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् ।  होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।  सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन

घन्कियो तीन सय वर्ष पुरानो ‘फागु’ गीत

गलकोट । देशभर होलीको रौनक छाइ, युवायुवती ‘ह्यापी होली–ह्याप्पी होली’ भरिहेका बेला बागलुङ सदरमुकाम बागलुङ बजारमा ३०० वर्ष पुरानो फागु गीत गाउँदा छुट्टै रौनकता छायो ।  मजाको फागुन जानै मा लाग्यो,


z