• २०८१ बैशाख १५ शनिबार

दक्षिण भारतीय फिल्मका सुपरस्टार, कसले कति पारिश्रमिक लिन्छन् ? 

kharibot

मुम्बई । अहिले बलिवुडको भन्दा पनि दक्षिण भारतीय फिल्मको क्रेज बढ्दै गएको देखिन्छ । टलिवुडको नामले परिचित दक्षिण भारतीय फिल्म उद्योगमा एक से एक सुपरस्टारहरु  रहेका छन् जसले बलिवुड अभिनेताहरुले भन्दै पारिश्रमिक लिएर फिल्ममा अभिनय गर्ने गर्दछन् ।

अझ पछिल्लो समय त दक्षिण भारतका फिल्मको रिमेक गरेर बलिवुडमा फिल्म ल्याउने अभियान नै चलेको छ । यसैबीचमा यस रिपोर्टमा विभिन्न एजेन्सीहरुको सहयोगमा तयार गरिएको दक्षिण भारतीय सिनेमामा काम गर्ने अभिनेताहरुको पारिश्रमिकको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

यस सुचीमा सबै भन्दा पहिला तेलेगु फिल्मका सुपर स्टार रामचरण तेजाको कुरा गरौ । तेजाले कैयौ तलेगु फिल्ममा काम गरेका छन् । उनले प्रति फिल्म १२ देखि १५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गर्दछन् । उनको नयाँ फिल्म बाहुबली फेम निर्देशक राजामौलीसँग आरआरआर आउदै छ जुन ५ भाषामा निर्माण हुदै छ ।

त्यस्तै आई, दसका दम जस्ता सुपरहिट फिल्ममा काम गरेका अभिनेता विक्रम चिनायले प्रति फिल्म १२ देखि १५ करोड पारिश्रमिक लिने गर्दछन् । तलेगु फिल्मका ह्यान्डसम हंक मानिने अभिनेता महेश बाबुले प्रति फिल्म १५ देखि २० करोड पारिश्रमिक लिने गर्दछन् । चकलेटी लुकका महेश बाबुको चर्चित फिल्म पोकरीको बलिवुड रिमेक वान्टेडबाट सलमान खानको डुब्न लागेको फिल्मी क्यारियर माथि आएको थियो ।

त्यस्तै तामिल फिल्मका सुपरस्टार सूर्याले प्रति फिल्म १७ देखि १९ करोड पारिश्रमिक लिने गर्दछन् । टाइम मेशिन जस्तो चर्चित फिल्ममा काम गरेका सूर्याले कैयौ सुपरहिट फिल्ममा अभिनय गरेका छन् ।

त्यस्तै अभिनेता तथा राजनीतिज्ञ पवन कल्याण टलिवुड फिल्म उद्योगका अर्का सुपरस्टार हुन् । पछिल्लो समय राजनीतिमा सक्रिय पवन अहिले हुन लागेको लोकसभा चुनावमा समेत उम्मेदवार बन्दै छन् । पवनले प्रति फिल्म २० करोडको हाराहारीमा पारिश्रमिक लिने गर्दछन् ।

त्यस्तै बाहुबली फेम अभिनेता प्रभास तेलेगु फिल्म उद्योगका अर्का सुपर स्टार हुन् । प्रभासले बाहुबली रिलिज पछि प्रतिफिल्म २० करोड पारिश्रमिक लिने गर्दछन् । प्रभासको नयाँ फिल्म साहो रिलिजको तयारीमा रहेको छ । यो फिल्म विभिन्न ४ भाषामा रिलिज हुदै छ ।

दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्त, कमल हसनपछि अर्को सुपरस्टारको नाम लिइन्छ, उनी हुन् अभिनेता अजीथ कुमार । उनको पछिल्लो फिल्म विश्वासम रिलिज भएको थियो । उनका फ्यानले सो फिल्मको पोष्टरलाई दुधले नुहाईदिएका थिए । अजीथ कुमारले एक फिल्मको पारिश्रमिक २० देखि २५ करोड लिने गर्दछन् ।

त्यस्तै तामिल फिल्मका अर्का सुपर स्टार अभिनेताको नामको विजय थालापट्टि । उनको अलग अन्दाजका कारण धेरै फ्यान रहेका छन् । उनको पछिल्लो फिल्म सरकार थियो । विजयले एक फिल्मको पारिश्रमिक ३० करोड लिने गर्दछन् ।

अभिनेता कमल हसन तामिल फिल्म उद्योगका चर्चित सुपरस्टार हुन् । बलिवु मा पनि कैयौं फिल्ममा अभिनय गरेका कमल हसन अहिले भने फिल्म भन्दा बढी राजनीतिमा सक्रिय छन् । कमल हसनले प्रति फिल्म २० देखि ३० करोडसम्म लिने गर्दछन् ।

दक्षिण भारत फिल्म उद्योगमा भगवानको दर्जा पाएका सुपरस्टार रजनीकान्त फिल्मबाट मात्र होइन सामाजिक कामबाट पनि आफ्ना फ्यानको मन जित्न सफल भएका छन् ।उनले बलिवडमा पनि कैयौं फिल्ममा काम गरेका छन् । रजनीकान्तले प्रति फिल्म ४० देखि ६० करोडसम्म पारिश्रमिक लिने गर्दछन् ।   
  
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै