• २०८१ बैशाख १४ शुक्रबार

मेसीले कमब्याक गरेको खेलमा अर्जेन्टिनाको लज्जास्पद हार 

kharibot

काठमाडौँ । स्टार फुटबलर लियोनेल मेसीले राष्ट्रिय टिममा कमब्याक गरेको भेनेजुएलाविरुद्धको खेलमा अर्जेन्टिनाले हार बेहोरेको छ ।

गएराती भएको खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

भेनेजुएलाको जितमा सलोमन रोनडन, जोन मुरिल्लो र जोसेफ मार्टीनजले एक एक गोल गरेका थिए भने अर्जेन्टिनाका लागि लौटारो मार्टीनजले एक गोल फर्काएका थिए ।

आफ्नो क्लब बार्सिलोनालाई लगातार एक पछि अर्को सफलता दिलाएका मेसीले विश्वकपको असफलतापछि राष्ट्रिय टिममा कमब्याक गरेपनि आफ्नो राष्ट्रिय टिमलाई हारबाट जोगाउन फेरी एक पटक असफल भएका छन् ।

विश्वकपपछि अर्जेन्टिनाले खेलेका ६ खेलमा अनुपस्थित रहेका मेसीले राष्ट्रिय टिममा फेरी खेल्ने नखेल्ने अलमलका बीच कमब्याक गरेका थिए ।

अर्जेन्टिनाले अब आगामी मंगलबार मोरक्कोविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै