साफमा उपविजेता बनेको महिला टिमलाई एन्फाले एक-एक लाख दिने  

खरीबोट

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियन्सिपमा उपविजेता भएको राष्ट्रिय महिला फुटबल टिमका सदस्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही एक लाख प्रदान गर्ने भएको छ ।

शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित हुदै उपविजेता बनेको थियो ।

एन्फाको आज बसेको वार्षिक साधारण सभाले महिला फुटबल टिमका सदस्यलाई जनही एक-एक लाख प्रदान गर्ने निर्णय गरेको एन्फाले जानकारी दिएको छ ।

उपविजेता बनेका खेलाडीलाई प्रदेश नम्बर एक सरकारले पनि जनही एक-एक लाख पुरस्कार दिने निर्णय गरिसकेको छ । त्यस्तै विराटनगर महानगरपालिकाले पनि जनही ५०-५० हजार दिने निर्णय गरेको छ । 
 

सम्बन्धित समाचार

साफ महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित 

काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।  पहिलो हाफमा उत्कृष्ट खेल देखाएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा भारतसँग फेरी पराजित भएको छ

साफ महिला फुटबल : भारतको २-१ को अग्रता 

काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल २-१ गोल अन्तरले पछाडी परेको छ ।  भारतका लागि ग्रेस डांगमेईले खेलको ६३औ मिनेटमा गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाएकी छन् ।  यसअघि

साफ महिला फुटबल : नेपालले जवाफी गोल फर्कायो, सावित्राले गरिन गोल 

काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले गोल फर्काउदै खेल १-१ को बराबरी गरेको छ । नेपालका लागि खेलको ३४औ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल फर्काएकी थिइन् ।

साफ महिला फुटबल : आज उपाधिका लागि नेपाल भारतसँग भिड्दै 

विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र भारतबीच आज हुदै छ । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित


z