• २०८१ बैशाख १४ शुक्रबार

साफ महिला फुटबल : नेपालले जवाफी गोल फर्कायो, सावित्राले गरिन गोल 

kharibot

काठमाडौँ । साफ महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले गोल फर्काउदै खेल १-१ को बराबरी गरेको छ ।

नेपालका लागि खेलको ३४औ मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले जवाफी गोल फर्काएकी थिइन् । सावित्राको प्रतियोगितामा यो चौथो गोल हो । उनले यस प्रतियोगितामा खेलेका सबै खेलमा गोल गरेकी छन् ।

यसअघि खेलको २६औ मिनेटमा भारतकी डालीमा चिम्बरले फ्री-किकबाट गोल गरेपछि भारतले सुरुवाती अग्रता लिएको थियो ।

साफ महिला च्याम्पियनसिपमा अहिलेसम्मका चारै उपाधि भारतले जितेको छ भने तीन फाइनलमा नेपालले भारतसँग पराजित भएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै