• २०८१ बैशाख १६ आइतबार

यू-१९ साफ महिला फुटबल च्याम्पियनसिप : भुटानमाथि नेपालको ४-० को जित

kharibot

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानमाथि सहज जित निकालेको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपालले भूटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बिएसएसएस मुस्ताफा कमल स्टेडियम ढाकामा शुक्रबार भएको खेलमा नेपालको सहज जितमा मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले समान एक गोल गरेका थिए ।

जितपछि अपराजित रहेको नेपालको ४ खेलबाट ७ अंक पुगेको छ । बंगलादेशसँग समान ७ अंक रहेपनि नेपाल गोलअन्तरको आधारमा शीर्षस्थानमा रहेको छ ।

भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अब नेपालले लिगको अन्तिम खेलमा भारतसँग १९ डिसेम्वरमा खेल्दैछ । यो खेलमा जित हात निकाल्न सके नेपाल फाइनलमा प्रवेश गर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै