• २०८१ बैशाख १६ आइतबार

बाहिरी चक्रपथको सिमाकंन फेरवदल हुन सक्छ : मन्त्री राई 

kharibot

काठमाडौँ । शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले आवश्यकता हेरेर बाहिरी चक्रपथको नक्सा फेरबदल हुन सक्ने बताएका छन् ।

बिकास तथा प्रविधि समितिको आइतवारको बैठकमा सांसदहरुले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले बिगतमा विभिन्न स्वार्थ समुहको चलखेलमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरी चक्रपथलाई अघि बढाउन कठिन हुने बताएका हुन् । 

उनले घना बस्ती र टुक्रा जग्गा भएको स्थानबाट बाहिरी चक्रपथ परियोजना अघि बढाइए राज्यको आर्थिक स्रोतले थेग्न नसक्ने दावी गरे । 

मन्त्री राईले भने, ‘अहिलेकै अवस्था अनुसार जग्गाको मुआब्जा दिन खरर्बौ रुपैया राज्यले खर्च गर्नुपर्ने हुन्छ, त्यसैले राज्यलाई अधिकतम व्ययभार पर्ने गरी बाहिरी चक्रपथको काम अघि बढाउन खोजिए त्यसले मूर्तरुप पाउन सक्दैन ।’

बैठकमा बोल्दै अधिकांस सांसदहरुले बाहिरी चक्रपथका लागि जग्गा रोक्का गरी अधिग्रहणको काम अघि बढाउन आग्रह गरेका थिए । जवाफमा मन्त्री राईले खण्ड खण्ड पारेर जग्गा रोक्का गरिए स्वार्थ समुहले झनै चलखेल गर्ने बताए । 

६ किलोमिटर खण्डको जग्गा रोक्का गर्ने प्रस्ताव आएको भन्दै मन्त्री राईले अर्थ मन्त्रालयले सहमति दिए एकै पटक ७२ किलोमिटर सडक खण्डको जग्गा रोक्काको प्रस्ताव लैजान मन्त्रालय तयार जानकारी गराए । थोरै खण्डको मात्र जग्गा रोक्का गर्दा भूमाफिया झनै हावी हुने भन्दै उहाँले एकै पटक सवै जग्गाको रोक्का गरेर मात्र अधिग्रहण गर्नुपर्नेमा जोड दिए । 

बैठकमा बोल्दै नेकपाका सांसद टोप बहादुर रायमाझीले राजनीतिक पहुँचलाई नभई राज्यको आवश्यकतालाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन सुझाव दिए । जवाफमा
मन्त्री राईले आगामी आर्थिक बर्षमा गैरबजेटरी खर्चको दायित्व मन्त्रालयमा थपिएकाले अहिलेकै सिलिङमा बहुवर्षिय योजनाका कार्यक्रम ल्याउन नसकिने स्पष्ट पारे । 

समिति बैठकमा बोल्ने अधिकास स्पार्ट सिटि र नयाँ शहरी बिकासका लागि भइरहेको मन्त्रालयगत प्रगतिवारे जिज्ञासा राखेका थिए । मन्त्री राईले विगतमा हचुवाका भरमा स्मार्ट सिटिको अवाधारणा ल्याईएपनि नेपालको सन्दर्भमा छुट्टै सूचक बनाएर स्मार्ट सिटि र नयाँ शहरका लागि प्रक्रिया अघि बढाइएको बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय