• २०८१ बैशाख १४ शुक्रबार

एएफसी कप अन्तर्गत मनाङ र ढाका अबहानीबीच आज प्रतिष्पर्धा हुदै 

kharibot

काठमाडौँ । एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले बुधबार पहिलो खेल खेल्दैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा मनाङले पहिलो खेलमा बङ्गलादेशी लिग बिजेता क्लब ढाका अबहानी लिमिटेडसँग खेल्नेछ । मनाङ र अबहानीबीचको खेल बुधबार दिउँसो हुनेछ ।

“घरेलु मैदानमा राम्रो खेल्ने छौँ”, पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने, “लिगको भन्दा टोली अहिले बलियो भएको छ, लिगमा भन्दा धेरै परिवर्तन छ, हाम्रो जित्ने लक्ष्य छ ।”प्रशिक्षक छिरिङले पहिलो खेल कठिन हुने भएपछि सुखद शुरुआत गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताए ।

बङ्गलादेशी टोली अबहानी निकै बलियो टोली हो । अबहानीसँग बङ्गलादेश राष्ट्रिय फुटबल टोलीका सात खेलाडी रहेका छन् । 

यस्तै कप्तान विराज महर्जनले टोली शारीरिक र मानसिक रुपमा बलियो रहेको बताए । “हामी जित्नका लागि खेल्छौँ, शारीरिक र मानसिक रुपमा हामी तयार छौं । विपक्षी राम्रो छ तर हामी कडा टक्कर दिने छौँ,” विराजको भनाइ थियो । अ

बहानीका प्रशिक्षक मारियो लेमोसले पनि घरेलु टोलीसँग तीन अङ्कका लागि खेल्ने बताए । क्लबले दोस्रो चरण पुग्ने लक्ष्य लिएको कारण पहिलो खेल महत्वपूर्ण हुने उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै