• २०८१ बैशाख १७ सोमबार

ए मेरो हजुर ३ को नयाँ गीतमा सुहानाको गजबको 'एक्सप्रेसन' 

kharibot

काठमाडौँ । यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को तेस्रो गीत रिलिज गरिएको छ ।

‘चिट डे’ बोलको गीतमा फिल्मकी अभिनेत्री सुहाना थापा फिचर्ड रहेकी छिन् । प्रविशा अधिकारीको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत छ । गीतको भिडियोमा सुहानाले कोरियोग्राफर राहुल शाहको कोरियोग्राफी रहेको छ । 

फिल्ममा एक सेलिब्रेटी र फ्यानको प्रेमकथा रहेकाले सार्वजनिक गीतमा आफ्नो 'फेभरेट' गायक प्रेम (अनमोल केसी) लाई भेटेपछि सुहानाको खुसीलाई व्यक्त गर्न खोजिएको छ । भिडियोमा उनको 'एक्सप्रेसन' गजब देखिएको छ ।

निर्देशक झरना थापाले निर्देशन गरेको यस फिल्ममा आफ्नै छोरी सुहानालाई फिल्ममा ल्याएकी छन् । फिल्मको यसअघि सार्वजनिक दुई गीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।  

यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै