• २०८१ बैशाख १४ शुक्रबार

दोलखा केन्द्र भएर भुकम्प 

kharibot

काठमाडौँ । दोलखा केन्द्र भएर आज अपराह्न भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न एक बजेर ५ मिनेट जाँदा दोलखाको चाँखु केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूड्को भुकम्प गएको केन्द्रले जनाएको छ ।

आजै बिहान सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुस गरिएको थियो । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।

केन्द्रको सुर्खेत शाखाका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको पराकम्प गएको थियो ।

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक पराकम्प गएको थियो ।

गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको पराकम्प जाने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै