• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपति पौडेल भुकम्प प्रभावित क्षेत्रमा जाँदै

kharibot

काठमाडौं । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भुकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् । 

गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझनका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज 

जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संबादसमेत गर्नेछन् ।

शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान  १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।

भुकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदबाब बढे पछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए । सो भ्रमण स्थगित भए पछि राष्ट्रपति पौडेल आज भुकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् । 

उनले फ्रान्स, इटली र जर्मनीको भ्रमण अन्तिम समयमा स्थगित गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै