• २०८१ बैशाख १७ सोमबार

भुकम्प प्रभावित क्षेत्रमा ८ सय ५९ प्रहरी परिचालित

kharibot

काठमाडौं । भुकम्प पीडितको उद्दारका लागि ८ सय ५९ जना परिचालन गरिएको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमवाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतवाट ३९ जना, चौरजहारी बेस क्याम्पवाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब महानिरिक्षक को कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्लान प्रहरी सहयाक निरिक्षकको कमाण्डमा १० जना र इलका प्रहरी कार्यालय बादेपीपल सुर्खेतवाट प्रहरी सहायक निरक्षकको कमाण्डमा ९ जना गरी ८ सय ५९ जना प्रहरी परिचालन गरिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै