• २०८१ बैशाख १७ सोमबार

फ्राइडे रिलिज : ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ बीच भिडन्त  

kharibot

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आजबाट यस वर्षका सबैभन्दा प्रतिक्षित दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ प्रदर्शनमा आएका छन् ।

अनमोल केसीले अभिनय गरेको फिल्म ए मेरो हजुर-३ र सलिनमान बनियाले अभिनय गरेको फिल्म यात्रा एकसाथ प्रदर्शनमा आएका हुन् ।

यी दुई फिल्मले देशभर रहेका सय बढी सिंगल स्क्रिन भने दुई फिल्मलाई लगभग बराबरजस्तै पाए पनि तीन हलिउड फिल्मका कारण मल्टीप्लेक्समा भने कम शो पाएका छन् ।

‘ए मेरो हजुर ३’ लाई अभिनेत्रीबात निर्देशक बनेकी निर्देशक झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो सिरिजबाट उनी फिल्म निर्देशनमा होमिएकी थिइन् । यो फिल्मबाट उनले आफ्नी छोरी सुहानालाई डेभ्यु गराएकी छन् । फिल्मको ट्रेलर र सार्वजनिक भएका गीत हेर्दा सुहानाले राम्रो काम गरेको बुझ्न सकिन्छ ।

युवापुस्ताका निकै लोकप्रिय रहेका अभिनेता अनमोल केसीका हरेक फिल्म अहिलेसम्म बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भएका छन् । अर्को भाषामा भन्ने हो भने अनमोलका फिल्म अहिलेसम्म बक्सअफिसमा ‘फ्लप’ भएका छैनन् । ‘ए मेरो हजुर’ का यस अघि रिलिज भएका दुई फिल्म सुपरहिट भएका थिए । त्यसैले पनि तेस्रो सिरिजको दर्शक सामु सफल हुनै पर्ने चुनौती रहेको छ ।

यसमा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय रहेको छ । सुनिल कुमार थापा फिल्मका निर्माता हुन् । 

यस्तै, ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका अभिनेता सलिनमान बनियाको दोस्रो फिल्म हो ‘यात्रा’ । यसमा उनी भ्लगरको भूमिकामा छन् । शहरिया युवापुस्तामा उनको राम्रो क्रेज भएका कारण फिल्मले बक्सअफिसमा सफल हुने अनुमान गरिएको छ । सम्राट शाक्य निर्देशित फिल्ममा सलिनमानका अलावा मलिका महत, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अहिलेसम्म यस बर्ष करिब ९५ नेपाली फिल्म रिलिज भएकोमा निकै कम फिल्मले मात्र सुपरहिट हुने सौभाग्य प्राप्त गरे । नाइँ नभन्नू ल-५, छक्का पञ्जा-३ र जय भोले जस्ता फिल्मले  मात्र सुपरहिट भए बहने करिब ८-९ फिल्मले मात्र लगानी उठाउन सकेको अवस्था रहेको छ । यस अवस्थामा बर्षको अन्तिम शुक्रबार रिलिज भएका दुई फिल्मलाइ शनिबार र नयाँ बर्षको फाइदा हुने त देखिन्छ तर कन्टेन्ट र अभिनयबाट कति दर्शक तान्न सक्छन त्यो केहि दिनमा थाहा हुने छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै