• २०८१ बैशाख २८ शुक्रबार

हवाहुरी पिडितको राहतका लागि काँग्रेसको प्रदेशस्तरिय अन्तरक्रिया

kharibot

बारा । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रदेश र संघिय सरकार बिचको खिचातानीका कारण बारा र पर्साका हवाहुरी पिड्तिलाई अन्यौलमा परेको बताएका छन् ।

बाराको सिमरा आयोजित नेपाली काँग्रेस प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले उक्त कुरा बताएका हुन् ।

वर्षा अगावै पिड्तिहरुले घर पाउनु पर्ने कुरामा जोड् दिदै निधिले संघिय र प्रदेश सरकारलाई नअल्मलिन आग्रह गरेका थिए । मुलुक संघियतामा गएकोले प्रदेश भित्रका जिल्लामा प्रदेश सरकार आँफैले संघिय सरकारको मुख नताकी पुनःनिर्माणमा चाँडो भन्दा चाँडो पहल गर्न सुझाएका थिए । 

निधिले पुनःनिर्माणमा जुट्न प्रदेशका नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

जनधनको क्षेती बाहेक पनि किसानहरुको करोडौंको अन्नबाली नष्ट भएको प्रति दुख : प्रकट गर्दै निधिले त्यस तर्फ कसैको ध्यान नपुगेको गुनासो गरे ।

उनले तत्काल राहतको काममा देश भरबाट सह्योग जुटिसकेकोले अब पुनःनिर्माणको लागि बिलम्ब नगर्न प्रदेश तथा संघिय सरकारलाई आग्रह गरेका थिए ।

पिड्तिहरुलाई राहत लगायतका विषयमा कसरी सहज हुँन सक्छ भन्ने बारे प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर २ को उपस्थित आठै वटा नेपाली काँग्रसका जिल्ला सभापतिहरुले प्रदेश सरकारले पुनःनिर्माणमा ढिलाई गरेको आरोप लगाएका थिए । उनीहरुले आ–आफ्नों जिल्लाको तर्फबाट एक–एक लाख नगद रुपैयाँ सोहि कार्यक्रममा जम्मा गरेका थिए ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यालयबाट प्राप्त पचिस लाख , महेन्द्रनारायण निधि प्रतिष्ठानको तर्फबाट दुई लाख , नेपाली काँग्रेसका माननिय सांसद तथा नगर प्रतिनिधी र सभापतिहरुबाट प्राप्त कुल ४१ लाख रुपैयाँ संकलित रकम पुनःनिर्माणका लागि प्रदेश राहत कोषमा जम्मा गरिने नेपाली काँग्रेस बारा सभापति जयचन्द्र चौरसियाले बताए ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर २ मा रहेका केन्द्रिय सदस्य , संघिय सांसद , प्रदेश सांसद , पार्टीबाट निर्वाचित नगर तथा गाउँपालिकाका प्रमुख , उपप्रमुख र बिभिन्न भातृ संगठनका अगुवा नेता , कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

चैत्र १७ गते आएको बिनाशकारी हावाहुरीका कारण बारामा २८ जनाको मृत्यू भएको थियो । जस मध्ये एघार जना महिला , ६ जना बालबालिका र ११ जना पुरुषहरुको ज्यान गएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै