• २०८१ बैशाख १४ शुक्रबार

नेपाललाई कुवेतले दियो १५८ रनको लक्ष्य, नजर युएई र ओमानको खेलमा  

kharibot

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटको एशिया स्तरको छनौट अन्तर्गत अन्तिम खेलमा कुवेतले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले ४९.४ ओभरमा अलआउट हुदै १५७ रन बनाएको हो ।

कुवेतका लागि नोमन बुदरूले सर्वाधिक ७० रन बनाएका थिए । त्यस्तै गोकुल कुमारले ३६, हमाउद अमनुल्लाहले १७ मीट भावसरले १० रन बनाए ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलर कप्तान रोहित पौडेलले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै राशिद खान, सुर्य तामाङ, कुशल मल्लले २-२ विकेट लिएका थिए ।

नेपाल यू-१९ विश्वकपमा छनौट हुन् कुवेत विरुद्ध जितेर मात्र हुदैन । अहिले जारी युएई र ओमान विरुद्धको खेलमा युएई पराजित भएमा मात्र नेपाल विश्वकपका लागि छनौट हुने छ ।

अहिले जारी खेलमा ओमानले पहिला ब्याटिंग गर्दै युएईलाई १०६ रनको लक्ष्य दिएको छ । ओमान ४३.३ ओभरमा अलआउट हुदै १०५ रनमा समेटिएको छ । युएईले पाएको लक्ष्य हेर्दा नेपालको यू-१९ विश्वकप खेल्ने यस पटकको सपना पनि अधुरै रहने देखिएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै