• २०८१ बैशाख १५ शनिबार

ब्याटिङमा सोचे जस्तो गर्न सकिन- गुलशन झा

kharibot

काठमाडौँ । क्रिकेटर गुलशन झाले यू-१९ क्रिकेट विश्वकपमा आफूले ब्याटिङ सोचेजस्तो गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ फर्किएपछि सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले प्रतियोगितामा बलिङ राम्रो गरेपनि ब्याटिङमा सोचे जस्तो गर्न नसकेको बताएका हुन् । उनले समग्रमा विश्वकप राम्रो भएको बताउदै खेलमा उत्तारचढाव भइरहने प्रतिक्रिया दिए ।

उनले भने- ‘समग्रमा राम्रो भयो । टिमले राम्रो खेल्यो । बलिङ मबाट राम्रो थियो, ब्याटिङमा राम्रो भएन । मेरो पनि धेरै आशा थियो, भएन । कहिले कहीँ खेलाडीमा यस्तो हुन्छ । अनुभव राम्रो भयो ।’

दक्षिण अफ्रिकामा भएको यू-१९ क्रिकेट विश्वकपमा सहभागी भएर नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

प्रतियोगितामा नेपालले समुह चरणमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्सको यात्रा तय गरेको थियो । सुपर सिक्समा नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो । दुवै खेल जितेको भएपनि समुह चरणको दुई हारको कारण नेपाल सेमिफाइनलको दौडबाट बाहिरिएको थियो ।

यू-१९ क्रिकेट विश्वकपको सेमीफाइनलमा मंगलबार भारत र दक्षिण अफ्रिका खेल्दै छन् भने विहिबार अस्ट्रेलिया र पाकिस्तान खेल्ने भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै