• २०८१ बैशाख १५ शनिबार

भारतलाई हराउदै अस्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकपको उपाधि

kharibot

काठमाडौँ । अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछाएको भारतले ४३.५ ओभरमा अलआउट हुदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै