• २०८१ बैशाख १८ मंगलबार

तनहुँको भिमादमा सेनाद्वारा बम निष्क्रिय

kharibot

दमौली /  तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो ।

इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिए  । रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन ।

नेत्रविक्रम चन्द समूहले आतङ्कि पार्न बम राखेको अनुमान गरिएको छ । यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो । ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै