• २०८१ बैशाख १७ सोमबार

क्लब फुटबलमा मेसीलाई उछिन्दै रोनाल्डोको ६ सय गोल  

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको क्यारियरमा अर्को नयाँ माइलस्टोन थपिएको छ । रोनाल्डोले गएराती सम्पन्न खेलमा इन्टरमिलान विरुद्ध गोल गर्दै आफ्नो क्लब क्यारियरमा ६ सय गोल पुरा गरेका छन् । 

रोनाल्डोले यसअघि खेलका क्लब पोर्टोको लागि ५, म्यानचेस्टर युनाइटेडका लागि ११८, रियल म्याड्रिडका लागि ४५० र अहिले युभेन्टसका लागि आफ्नो २७औ गोल गर्दै क्लब लेभेलको खेलमा ६ सय गोल पुरा गरेका हुन् । रोनाल्डोले सबै क्लबमा कुल ८०३ हेल खेलेर ६ सय गोल गरेका हुन् ।

रोनाल्डोले पोर्टोका लागि ३१ खेलमा ५ गोल गरेका थिए भने म्यानचेस्टर युनाइटेडमा २९२ खेल खेल्दै ११८ गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडमा ४३८ खेल खेल्दै ४५० गोल गरेका थिए भने अहिले युभेन्टसमा ४० खेल खेलेर २७ गोल गरेका छन् ।

क्लब लेभलको खेलमा सधै बार्सिलोनाबाट खेल्ने लियोनेल मेसीसँग तुलना हुने रोनाल्डोले मेसीलाई भने यो रेकर्डमा उछिनेका छन् । मेसी क्लब लेभलमा रोनाल्डोभन्दा २ गोल पछाडी रहेका छन् । मेसीले अहिलेसम्म ५९८ गोल गरेका छन् । मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ६८२ खेल खेल्दै ५९८ गोल गरेका छन् ।

आफ्नो देश पोर्चुगलका लागि खेलेको खेलमा रोनाल्डोले १०९ खेलमा ८५ गोल गरेका छन् । त्यस्तै मेसीले भने अर्जेन्टिनाका लागि ८५ खेलमा ६५ गोल गरेका छन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै