• २०८१ बैशाख १७ सोमबार

गैँडाको आक्रमणबाट एकको मृत्यु

kharibot

चितवन । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा आज बिहान ३:३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

महतोलाई गैँडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै