• २०८१ जेठ ६ आइतबार

फक्सवागनको दशौँ वार्षिकोत्सवमा 'दशौँ अफर' सार्वजनिक 

kharibot

काठमाडौँ । फक्सवागन अर्थात जर्मनी भाषामा “जनताको गाडी” नेपालमा शुरुवात गरेको १० वर्ष पुरा गरेको उपलक्ष्यमा दश वटा अफर सार्वजनिक गरिएको छ ।

सन १९६०–७० को दशकको दिप्पी पर्यटकद्धारा नेपालमा आएका फक्सवागन विटल कार तथा भ्यानहरु नेपाली समाजमा अत्यधिक रुचाईएका थिए । तर सन १९८०–९० को दशकमा सस्तो जापानीज रिकण्डीसन गाडीहरुको बाहुल्यताले गर्दा फक्सवागन गाडीहरु ओझेलमा पर्न गएको थियो ।  फक्सवागन गाडीहरुलाई नेपाली बजारमा पूनः स्थापित गर्ने श्रेय पुजा इन्टरनेशनल नेपाललाई जान्छ ।

पूनः विक्री वितरण गर्दा शुरुका दिनहरुमा ग्राहकहरुले फक्सवागन गाडी भन्ने वित्तिकै पछाडी इन्जिन भएको फक्सवागन विटल र भ्यान सम्झिने गरेकोमा टिगुवान र ट्वारेग जस्ता ठुला गाडी र पोलो जस्ता सानो पारिवारिक गाडी खरिद गर्न पाउँदा सुखद आश्चर्यको रुपमा लिएका थिए ।

विगत दश वर्षमा सबैभन्दा कठिन कार्यको संस्मरण गर्नुपर्दा प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छे बताउछन्, “ग्राहक महानुभाव तथा गाडी पारखीहरुलाई युरोपियन फक्सवागन गाडीको मर्मत तथा संभार खर्च अन्य गाडीको तुलनामा अति न्युन रहेको छ भन्ने बुझाउनु निकै कठिन भयो ।”

फक्सवागन गाडीको सर्भिस हाल आएर नेपालको १० वटा शहरहरुमा प्रशिक्षित मेकानिक्सहरुद्धारा गरिन्छ । शुरुमा नेपाली बजारमा जापानिज, कोरियन र भारतीय गाडीहरुमा मात्र काम गरिरहेको मेकानिक्सहरुलाई जर्मन गाडी मर्मत गर्न सिकाउन केहि समय लाग्न गयो ।

“छिमेकी राष्ट्र भारतबाट जर्मन प्रविधीमा आधारित पोलो र भेन्टो गाडी तथा त्यस सँग सम्बन्धित पार्टस् पुर्जाहरु आउन शुरु गरेपछी मर्मत संहार खर्च थप घटेको छ । विवेक विजुक्छे ले थप भने, ''एउटा सुखद रुपमा फक्सवागन बनाउने भारतको पुर्णेस्थित फ्याक्ट्रीले गत हप्ता मात्र १० लाख गाडीहरु निमार्ण गर्न सफल भएको छ ।” 

नेपाली ग्राहकहरुले फक्सवागन गाडी नै किन किन्ने भन्ने प्रश्नको जवाफमा उहाँ भन्छन्, “नेपाली बजारमा उपलब्ध अन्य गाडीहरु बर्षको ४ पटक सम्म सर्भिस गर्नुपर्नेमा फक्सवागन  १ पटक मात्र गर्नुपर्ने, एकपटक खरिद गरेपछी दशकौँ सम्म चल्ने सुरक्षित जर्मन प्रविधियुक्त तथा जति पुरानो भएपनी अत्यधिक रिसेल भ्यालु अर्थात पुनः विक्री मुल्य आउने गाडीको रुपमा फक्सवागन स्थापित भएको छ ।”

यस नेपाली बजारमा एक दशक पार गरेको उपलक्ष्यमा ग्राहकहरुलाई निम्न अफर तथा सुविधाहरु उपलब्ध गराउने अवगत गराईयो ।

अफरहरु :

१. प्रथम १०० जना ग्राहकहरुलाई रु.२५.९० लाखमा पोलो कार ।
२. जर्मन गाडीहरुमा रु.१० लाख सम्म नगद छुट ।
३. तुरुन्त फाईनान्सको सुविधा ।
४. फ्रि एक्सेसेरिज    
५. प्रथम वर्षको लागी फ्रि रोड ट्याक्स ।
६. एक्सचेञ्ज बोनस ।
७. लोएल्टी बोनस ।
८. १० बर्षको फ्रि सर्भिसिङ ।
९. २ वर्षको लागी निशुल्क रोड एसिस्टेन्स ।
१०. चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधा । 

भविष्यको कुरा गर्दा विश्वव्यापी रुपमा गाडीहरुमा दुई प्रकारको नयाँ चलन आईरहेको छ । एउटा सानो आकारको कम इन्धन खपत गर्ने एस यु भी र अर्को विद्युतीय गाडीहरु उत्पादन तथा प्रयोग गर्ने । विश्वको सबैभन्दा ठुलो कार निर्माता कम्पनीको रुपमा स्थापित फक्सवागनले पनि यसै प्रकारका विभिन्न गाडीहरुको उत्पादन गर्ने उदेश्य राखेको छ । 

फक्सवागनको तर्फबाट नेपाली बजारमा सानो एस यु भी गाडीको रुपमा टि क्रस तथा ६ प्रकारका विभिन्न विद्युतीय गाडीहरु प्रवद्र्धन गर्न प्रारम्भिक गृहकार्य भईरहेको जानकारी गराईयो ।

साथै १० औँ वार्षिकोत्सव अफर पारेर फक्सवागन कम्पनीको सहकार्यमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गरिब बाल बालबालिका तथा महिलाहरुको उत्थानमा कार्य गरिरहेको समाजसेवी सँस्थालाई रु. ५० लाख बराबरको आर्थिक तथा भौतिक सहयोग विभिन्न चरणमा गरिने सम्बन्धी एमओयुमा हस्ताक्षर गरी बुझाईयो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै