• २०८१ बैशाख १७ सोमबार

गोलकिपर कसिलास हृदयघातपछि अस्पतालमा 

kharibot

काठमाडौँ । स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलकिपर इकार कसिलासलाई बुधबार हृदयघात भएको छ ।

कासिलासआबद्ध पोर्चुगिज क्लब पोर्टोका अनुसार बुधबार विहान हृदयघात भएपछि उनलाई अस्पताल लागिएको हो । पोर्टोकै स्थानीय अस्पतालमा ३७ वर्षीय कासिलासको आकस्मिक सल्यक्रिया सम्पन्न भएको छ । 

हृदयघात पछि कसिलास यस सिजन बाँकी रहेका खेलहरु नखेल्ने भएका छन् ।

प्रशिक्षणका क्रममा छातीमा दुखाइ महसुस गरेपछि प्रशिक्षक सर्जियो कोन्चेसाओसँग उनले मैदान छाडेका थिए । उनी उपचारपछि खतराको स्थितिबाट मुक्त भएको अस्पतालले जनाएको छ । उनले केहि साताको विश्रामपछि पूर्ण फिट हुने बुझिएको छ ।

२०१५ मा रियल म्याड्रिड छाडेपछि पोर्टोमा आबद्ध भएका कसिलास पहिलो रोजाईमा नियमित खेल्दै आएका छन् । उनले यस साता एभ्सविरुद्ध हुने खेलका लागि तयारी गरिरहेका थिए ।

पोर्टोका लागि अहिलेसम्म १५६ खेल खेलेका कसिलासले २०१७-१८ मा पोर्चुगलको लिग जितेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै