• २०८१ बैशाख २६ बुधबार

मेसीको 'माइलस्टोन' : क्लब फुटबलमा ६ सय गोल  

kharibot

काठमाडौँ । लियोनेल मेसीले क्लब फुटबलमा आफ्नो ६ सय गोल पुरा गरेका छन् । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा लिभरपुलविरुद्ध २ गोल गरेपछि मेसीले क्लब फुटबलमा आफ्नो ६ सय गोल पुरा गरेका हुन् ।

मेसीले बार्सिलोनामा १४ बर्षमा ६८३ खेल खेल्दै आफ्नो ६ सय गोल पुरा गरेका हुन् । मेसीले १४ बर्ष अगाडी सन् २००५ मे १ मा बार्सिलोनाका लागि आफ्नो पहिलो गोल अल्बासेटविरुद्ध गरेका थिए ।

मेसीले सन् २००४-५ मा १, २००५-६ मा ८, २००६-७ मा १७, २००७-८ मा १६, २००८-९ मा ३८, २००९-१० मा ४७, २०१०-११ मा ५३, २०११-१२ मा ७३, २०१२-१३ मा ६०, २०१३-१४ मा ४१, २०१४-१५ मा ५८, २०१५-१६ मा ४१, २०१६-१७ मा ५४, २०१७-१८ मा ४५ गोल गरेका थिए भने यस सिजनमा मेसीले ४६ खेलमा ४८ गोल गरेका छन् मेसीले १४ बर्ष अगाडी २००५ मे १ मा बार्सिलोनाका लागि आफ्नो पहिलो गोल अल्बासेटविरुद्ध गरेका थिए ।

मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ला लिगामा ४५० खेलमा ४१७ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा १३४ खेल खेल्दै ११२ गोल गरेका छन् । त्यस्तै अन्य खेलमा ७१ गोल गरेका छन् ।     

क्लब लेभलको खेलमा सधै बार्सिलोनाबाट खेल्ने लियोनेल मेसीसँग तुलना हुने क्रिस्टियानो रोनाल्डोले पनि अघिल्लो साता आफ्नो ६ सय गोल पुरा गरेका थिए । रोनाल्डोले इन्टरमिलान विरुद्ध गोल गर्दै आफ्नो क्लब क्यारियरमा ६ सय गोल पुरा गरेका थिए । 

रोनाल्डोले यसअघि खेलका क्लब पोर्टोको लागि ५, म्यानचेस्टर युनाइटेडका लागि ११८, रियल म्याड्रिडका लागि ४५० र अहिले युभेन्टसका लागि आफ्नो २७औ गोल गर्दै क्लब लेभेलको खेलमा ६ सय गोल पुरा गरेका हुन् । रोनाल्डोले सबै क्लबमा कुल ८०३ हेल खेलेर ६ सय गोल गरेका हुन् । 

रोनाल्डोले पोर्टोका लागि ३१ खेलमा ५ गोल गरेका थिए भने म्यानचेस्टर युनाइटेडमा २९२ खेल खेल्दै ११८ गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडमा ४३८ खेल खेल्दै ४५० गोल गरेका थिए भने अहिले युभेन्टसमा ४० खेल खेलेर २७ गोल गरेका छन् ।

आफ्नो देश पोर्चुगलका लागि खेलेको खेलमा रोनाल्डोले १०९ खेलमा ८५ गोल गरेका छन् । त्यस्तै मेसीले भने अर्जेन्टिनाका लागि ८५ खेलमा ६५ गोल गरेका छन् ।

मेसी र रोनाल्डो विश्व क्लब फुटबलमा ब्राजिलका लिजेण्ड पेले र रोमारियो, जर्मनीका जेरार्ड मुलर, साल्भिया पराग्वेका लिजेण्ड जोसेफ बिकान र हंगेरीका फेरेन्क पुकाससँगै क्लब क्यारियरमा ६ सय गोल क्लबमा सामेल भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै