• २०८१ बैशाख १६ आइतबार

लागुऔषध अफिम र चरेस बरामद

kharibot

धादिङ । लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले आज बिहान प्रतिबन्धित अफिम र चरेससहित एक जनालाई पक्राउ गरेको छ । 

गजुरी गाउँपालिका–१ सोतीखोलास्थित कच्ची सडकखण्डबाट डिएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए । 

गाडीको पछाडि सिटमुनि फल्स बटम बनाइ चारवटा पोका पारी अफिम र खैरो टेप लगाएर र्यापिङ गरिएको अवस्थामा चरेस बरामद गरिएको हो । लागुऔषधसहित प्रहरीले कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको छ । पक्राउ गरिएका बोहरालाई लागुऔषधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै