• २०८१ बैशाख १४ शुक्रबार

ब्रुमरको असर देखिएन, सर्वसाधारणले छोडेनन् माक्स !

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले सफाई अभियान अन्र्तगत करिब एक महिना अगाडि दशवटा नयाँ ब्रुमर ल्यायो । १० करोड ८० लाख लागतमा ल्याएको नयाँ ब्रुमर आएपछि महानगर क्षेत्रमा कस्तो परिवर्तन आयो भनी खरीबोट टीम सर्वसाधारणको धारण बुझन महागरका व्यस्त स्थानहरु तर्फ लाग्यो ।

त्यसक्रमा बसपार्क , रत्नपार्क , पुतलीसडक तथा सिंहदरबारमा भेटिएका सर्वसाधारण तथा व्यापारीहरुको हामीले धारणा बुझने कोशिश गर्यौं ।

यसै क्रममा हाम्रो पहिलो भेट रत्नपार्कमा माक्र्स किन्न लागेका पैदल यात्रुलाई देख्यौं र कुराकाी अगाडि बढायौं । परिचयको क्रममा उनले भने मेरो लालबहादुर न्यौपाने उमेरले ५७ वर्ष पुगेको छु ।  उनी पाँचथरबाट काठमाडौं आएका रहेछन् । श्रीमतीको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि काठमाडौं आएका बताउने न्यौपानेले कुराकानीको क्रममा भने ‘,काठमाडौंमा धुवाँधूलो धेरै भएको हुदाँ माक्र्स नलाई हिड्न गाह्रो हुने रहेछ ,त्यसैले माक्स किन्दैछु ।’

‘काठमाडौं आउने जाने गर्दछु, हालसम्म तीनचारपटक आउने जाने भइसेकेको छ काठमाडौंमा बस्दा श्वासप्रश्वासमा गाह्रो हुनुको साथै रुघाखोकीले सताँउछ,’ उनले भने । काठमाडौंको मेयर विधा सुन्दर शाक्य र नयाँ ब्रुमरलाई अवगत नभएको बताँउदै न्यौपानेले पहिला काठमाडौं आँउदा पनि धुवाँधुलोको कारण नराम्रो लाग्ने गरेकोमा हाल पनि समस्या उस्तै भएको बताए ।  

उनले बहुमतको सरकार भएको समयमा सरकारले जुनसुकै काम गरौं भने सहजै सक्ने भन्दै नेतृत्वले महानगर क्षेत्र , काठमाडौं तथा मुलुकलाई नै राम्रो बनाउन सक्ने अर्थात् प्रदुषण रहित बनाउन सक्ने बताए ।

उनले सवारी साधन अस्तव्यस्त र प्रदुषणका कारण काठमाडौं नराम्रो भएको बताए ।  उनले पाँचथरमा हुदाँ भने यस्तो समस्या भोग्नु नपर्ने बताँउदै पाँचथर बजारमा प्रदुषण नै नभएको भने कहाँ हो र भनि प्रश्न तेर्र्यसाए । 

न्यौपाने पछि हामीले विगत लामो समय देखि माक्र्स बेच्दै आएको बताउने माक्र्स व्यापारी गुल्मीका कृष्णा काफलेसँग कुराकानी अगाडि बढायौं ।

काफलेले काठमाडौंको वातवरण , राजनीतिसँग चीरपरिचित भएको बताए ।  ‘मैले विगत ३ वर्षदेखि माक्र्स बेच्दै आएको छु , माक्र्स बिक्री दिनानु दिन बढ्दै गएको छ,’ उनले भने  । उनले दिनमा ३ हजारको समेत माक्र्स बेचेको बताँउदै माक्र्स बिक्री दर दिनानु दिन बढ्दै गएको बताए ।  ‘काठमाडौंमा प्रदुषण प्रत्येक दिन बढ्दै गएको छ त्यसैले माक्र्स बिक्री कढेको बढै छ  यो बसपार्क क्षेत्रमा त धेरै नै धुवाँ धुलो उड्छ,’ उनले भने ।

नयाँ ब्रुमरले सडक सफा गरेको देखेको त छैन तर बसपार्क वरपर धुलो नउडेको समय हुदैन उनले बताए । 

काफलेले सडकमा धुलो देखिनुको कारण भने ढल तथा ढलको निकास राम्रो सँग नहुन र पानी पर्दा सवारी साधनको चक्कामा आउने हिलोको कारणले गर्दा भएको बताए । पानी पर्दा सडकको कुलेसो तथा सडकमा पानी बग्छ अनि सुकेपछि कुलेसोमा जम्मा भएको माटो घुलोमा परिणत भएर प्रदुषण बढाउछ । उनले बसपार्क भित्र प्रवेश गर्ने गाडीको पाँग्राले हिलो माटो लिएर आउदा पनि बसपार्क क्षेत्रमा धुलोको समस्या देखिएको बताए ।  माक्र्स लगाएर माक्र्स बेच्न बसेका उनले माक्र्स नलगाएको खण्डमा बसपार्क क्षेत्रमा बस्नै नसकिने बताए । 

वकिल बहादुर बोहोरा ४९ वर्ष वझाङ घर भई हाल काठमडौंमा कार्यरत उनले पनि ब्रुमरले सफा गरे पनि पूर्ण सफा भने नभएको बताए । उनले भने माक्र्स बिना काठमाडौंमा हिड्न नसकिने बताए । काठमाडौंको धुलोले गर्दा रुघाखोकीको समस्या समय समयमा देखा पर्ने बताँउदै काठमाडौं सफा नभएको बताए ।

त्यसपछि हामी पुतलीसडकतर्फ लाग्यौ । पुतलीसडक स्थित पद्मदोय मोडमा हामीले अर्का व्यपारीसँग कुरा अघि बढायौं । 

पद्मोदय मोडमा पुस्तक पसल रहेको ५५ वर्षिया लिला बिमलीले नयाँ ब्रुमर आएपनि महानगर क्षेत्र सफा नभएको बताए । उनले भने यो नयाँ ब्रुमर सफा गर्छु भन्ने कुरा देखाउटी मात्र भएको बताए । महानगरले हामीसँग कर लिन्छ त्यसको बापतमा सरसफाई, सुविधा दिनुपर्ने हो तर त्यस नगरेको उनले बताए । नयाँ ब्रुमर महानगर क्षेत्र सफा गर्नुभन्दा पनि काम गरेको छु भन्ने देखाउनको लागि ल्याएको बताए । उनले भने आफनो काम गर्न परिहाल्यो बिहान आएर पसल खोल्छु बेलुकी काँडाघारीस्थित कोठामा जान्छु । कोठामा गएर सरसफाई गर्दा प्रशस्त खकार आउछ खकारमा धुलो देखिन्छ अनि कसरी भन्न सकिन्छ कि नयाँ ब्रुमर ल्याएर सडक सफा भयो उनले प्रश्न गरे । उनी पसलमा बस्दा हरेक समय माक्र्स लगाएर बस्ने गरेको बताए । नयाँ ब्रुमर आएपछि काठमाडौंको वातवरणको विषयमा सर्वसाधारणको मत लिए पश्चात हामी कार्यालयमा फर्कियो ।

कार्यालयमा आएर महानगरका मेयरलाई टेलिफोन सम्पर्क गरी भन्यौं नयाँ ब्रुमरले महानगर क्षेत्र सफा पार्ने अभियान चलिरहेको छ भनि प्रश्न अघि सायौं । मेयर शाक्यले सफाई अभियान सञ्चालन भइरहेको बताए । उनले नयाँ ब्रुमरले महानगर क्षेत्र सफा गर्न थालेपछि महानगर सफा भएको भन्दै बधाई आफूलाई आएको समेत बताए । उनले कालिमाटीका तरकारी बजार लगायतका विभिन्न संस्थाहरुले आफूलाई धन्यवाद दिएको बताए ।

हामीले धुवाँधुलोले सास्ती भएको भन्दै जनगुनासो पनि आएको छ भन्दा उनले मिडियाले महानगरलाई साथ दिनुपर्र्यो भने । उनले पुन निर्माण तथा महानगरका विभिन्न क्षेत्रमा भवन निर्माण गर्दा सडकमा धुलो उडेको बताए । उनले विशेष गरी सुन्धारा क्षेत्रमा धरहरा पुन निर्माणको काम भइरहदा, वीर अस्पतालको भवन निर्माण र वसपार्क क्षेत्रमा धुलोको समस्या भएको स्वीकार गरे । यी क्षेत्रमा महानगरले गर्दा नभई अन्य निकायहरुको कारणले गर्दा धुलो उडेको उनले बताए । धरहरा पुननिर्माण भइरहेको छ पुन निर्माण प्राधिकरणले अलि व्यवस्थति तरिकाले निर्माण कार्य गरेमा सडकमा धुलो देखापर्ने थिएन उनले भने । 

उनले पहिलाको भन्दा सफा भएको भन्दै एकैपटक पूर्ण सफा गर्न नसकिने बताँउदै विस्तारै सफा हुने बताए । यस्तै उनले महानगरमा बस्ने नागरिकहरु सभ्य हुनुपर्ने बताए । हामी दिनरात महानगर क्षेत्रमा सफा गर्छो सर्वसाधारणहरु चाँहि फोहोर गर्न हुन्न ।
त्यसपछि हाम्रो बसपार्कभित्र पस्दै रत्नपार्कतर्फ लाग्यो । बसपार्क र रत्नपार्कमा भेटिएका तीनचारजनासँग कुरा गर्दा उनीहरुले नयाँ ब्रुमरले सफा गरेको होला तर यस्तो धुलो उडिरहेको छ माक्र्स लाउनुपर्ने स्थित छ यस्तोमा सफा गरेको भन्ने कि नगरेको भन्ने भन्दै ब्रुमरले सफा गरेको भन्दा विश्वास गरेनन् ।

यसरी संचालन हुदै छ ब्रुमर : 

महानगरले ल्याएका ५ वटा ब्रुमरले औपचारिक रुपमा आजबाट सडक सफाइ गर्न थालेको छ । राष्ट्रिय सभा गृहबाट सफाइ कार्यक्रम आरम्भ गरिएको भएता पनि  ५ वटा रुट बना्रएर दैनिक सफाइ गर्ने कामपाले जनाएको छ । 

रुट नम्बर १ : टेकुबाट सुर गरेर सोल्टिमोड हुँदै कलंकी त्यसपछि टेकु:, त्रिपुरेश्वर, सुन्धारा,  नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल,  लाजिम्पाट,  शितल निवास, शिक्षण अस्पताल, नारायण गोपाल चोकसम्मको मुल सडक,  त्यस्तै, जमल, घण्टाघर , भद्रकाली, सहिद गेट हुँदै सुन्धारा सम्म ।

रुट नम्बर २ : टेकुबाट त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बबरमहल,  बानेश्वर,  तीनकुने हुँदै  यएरपोर्ट सम्म ,  त्यहाँबाट फर्किएर  तीनकुनेबाट  , कोटेश्वर, पेप्सीकोला,  पेप्सीकोला चोकबाट कोटेश्वर नयाँ बाँनेश्वर , बबरमहल, माइतीघर मण्डला, थापाथली,  त्रिपुरेश्वर,  टेकु, कालीमाटी , बल्खु , कालीमाटीबाट बल्खु सम्म । 

रुट नम्बर ३ : टेकुबाट त्रिपुरेश्वर, सुन्धारा हुँदै  भोटाहिटी, विश्वज्योती, घण्टाघर , भद्रकाली , सिंहदरबार, पुतलीसडकतर्फका सडक, पुतली सडकबाट  कमलादी मोड,  हात्तिसार , जय नेपाल हल, दरबार मार्ग,  कमलादी प्रज्ञा भवन, पछाडीबाट काठमाण्डौँ प्लाजा सम्मको  सडक,  त्यस्तै,  दरबारमार्गमा रहेको महेन्द्रको  शालिकबाट  नारायणहिटीतर्फहुँदै  केशरमहल चोक,  त्यसबाट  लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडीको चोक, नारायण हिटीको उत्तर गेड, गैरी धारा,  पैहरी हेड क्वाटरपछाडीको चोक,  सभामुख क्वाटर ,  राष्ट्र बैँक, प्रधामन्त्री निवास वालुवाटार , रसियन दुतावास हुँदै  महाराजगंञ्जस्थित वडा ३ कार्यालयसम्मको सडक,  फर्किदा  शितल निवास , पानी पोखरीहुँदै  लैनचौर , सोह्खुट्टे , बालाजु, चोक , सोह्खुट्टेबाट  बिष्णुमती, लिङ्क रोडको ईन्दायणी, नरदेवी पुलदेखी  टेकुसम्मको सडक । 

रुट नम्बर ४ : टेकुबाट पुलतीसडक,  कमलपोखरी,  ज्ञानेश्वर,  मैतीदेवी, पुरानो बानेश्वर, सिनामंगल,  एअरपोर्ट गेट ,  गौशाला , चाबहिल, होटल हायात चुच्चेपाटी हुँदै फर्किएर चाबहिल, गौशाला,  बत्तिसपुतली , पुरानो  बानेश्वर, मैतीदेवी, डिल्लीबजार , पुतलीसडक, प्रदर्शनी मार्ग ,  सिंहदरबार , माइतीघर मण्डला,  थापाथली, त्रिपुरेश्वर हुँदै टेकुसम्म । 

रुट नम्बर ५ : टेकुबाट त्रिपुरेश्वर,  न्युरोड गेट,  बसन्तपुर, ई्रन्द्रचोक, न्युरोड,  महाङ्काल, जमल, केशरमहलबाट त्रिदेवीमार्ग,  ठमेलबाट फर्किएर दरबार मार्ग,  घण्टाघर, भद्रकाली , सिंहदरबार, माइतीघर मण्डला, सिंहदरबारको दक्षिण ढोका,  हनुमान स्थानबाट  थापागाउँ, अन्तराष्ट्रिय सम्मेलन केन्द्र,  त्यहाँबाट पुरानो बानेश्वरतर्फ  रत्नराज्य स्कुल,  मध्य बानेश्वर, बत्तिस पुलती चोक,  मैतीदेवी, डिल्लीबजार, बागबजार,  प्रदर्शनी मार्ग, भद्रकाली ,  त्रिपुरेश्वर हुँदै  टेकु, बल्खु, कलंकी, सितापाइला,  बालाजु, गोंगबु, नारायण गोपाल चोक, चाबहिल,  ज्ञानेश्वर , डिल्लीबजार , बागबजार, पुरानो वसपार्क, त्रिपुरेश्वरहुँदै टेकु सम्म रहेको छ ।  

डिजेलबाट  संचालीत हुने ब्रुमरमा १ अगाडी, २ छेउमा र १ बिचमा रहनेगरी  ४ वटा ब्रस भएको ब्रुमरले  ५ सय लिटर  पानी र ४ प्वाइन्ट ६८  घन मिटर धुलो भण्डारणको  क्षमता भएको कामपाले जनाएको छ । जसको अधिकतम सफाइ  क्षमता भने २५ हजार स्वा जयर मिटर प्रतिघण्टा रहेको छ । ब्रसले न्युनतम् २६ सय मिली मिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै