थप दुई ब्रुमर ल्याउँदै कामपा

खरीबोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर यान्त्रिक कुचो ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन  लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो ।

ढिलोमा आगामी हप्तामा  काठमाडौँ  आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८।६ मिटर र चौडाइ ३।५ मिटर छ । कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले १५।८ मेट्रिकटन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सञ्चालनको मार्ग निर्धारण गरिने जानकारी दिनुभयो ।हाल महानगरले पाँच यान्त्रिक कुचो उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ । पाँचमध्ये चार १६ टन क्षमताका तथा अर्को एउटा छ टन क्षमताका छन् ।

ती यान्त्रिक कुचोले दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्छ  । युरो मापदण्डका भनिएका यान्त्रिक कुचोको अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ ।

पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उक्त यन्त्रले नियमित सफा गर्ने भनिए पनि वर्षात्को समय शुरु भएकाले नियमितरूपमा सफा गर्न भने सकेको छैन, उक्त यन्त्र दैनिक आठ घण्टा प्रयोग हुँदै आएको छ ।

कानूनीरूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ । ती पाँच यान्त्रिक कुचो रु १० करोड ८० लाखमा ल्याइएको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई यान्त्रिक कुचोले सडक सफा गर्दै आएको थियो ।

कामपासँग यसअघि रहेको एक यान्त्रिक कुचो  काम गर्न नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ । यी बु्रमर सञ्चालनका लागि हाल पाँच सडक क्षेत्र तय गरिएको छ  ।कामपासँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि जनाइएको छ ।

 

सम्बन्धित समाचार

ललितपुर महानगरमा पनि आयो ब्रुमर

ललितपुर । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ ।  हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी

थप दुई ब्रुमर ल्याउँदै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर यान्त्रिक कुचो ल्याउने भएको छ । गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि

ब्रुमरको असर देखिएन, सर्वसाधारणले छोडेनन् माक्स !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सफाई अभियान अन्र्तगत करिब एक महिना अगाडि दशवटा नयाँ ब्रुमर ल्यायो । १० करोड ८० लाख लागतमा ल्याएको नयाँ ब्रुमर आएपछि महानगर क्षेत्रमा कस्तो परिवर्तन आयो

काठमाडौँ महानगरभित्र ब्रुमर सञ्चालनमा समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन ।  काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा


z