• २०८१ बैशाख १४ शुक्रबार

निकुञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटन प्रवर्धन गर्न प्रदेश सरकार प्रतिवद्ध  : मुख्यमन्त्री राउत

kharibot

बारा । पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर पर्यटन प्रवर्धन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । 

होटल तथा पर्यटन व्यवासयी संघ बाराले आयोजना गरेको पर्यटन विकास सम्बन्धी अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राउतले पर्यटन प्रवर्धन मार्फत प्रदेश सरकारको विकास गर्न सकिने बताएका हुन् । 

गुरु योजना बनाएर अघि बढ्न मातहतका निकायलाई उनले आग्रह गर्दै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने विषयमा प्रदेश सरकार गंभिर रहेको बताएका छन् । 

उनले आवश्यक सहयोग गर्न आँफु तत्पर रहेको बताउँदै उनले कृषि , पर्यटन र उद्योगको क्षेत्रमा प्रदेश नम्बर २ अन्य प्रदेशको तुलनामा अघि रहेको भन्दै उनले पर्यटन विकासको निम्न आँफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । 

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश नम्बर २ का भौत्तिक तथा पुवार्धार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नम्बर २ पर्यटनको क्षेत्रमा निकै सम्भावना बोकेको प्रदेश भएको बताएका छन् । पर्यटन विकास मार्फत समग्र प्रदेश नम्बर २ को विकासमा अग्रसर हुँन सकिने भन्दै उनले एक भएर अघि बढ्न सबैलाई आग्रह गरे । 

उनले पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार गंभिर रहेको धारणा राखे । 

कार्यक्रममा राजपाका प्रमुख सचेतक परमेश्वर साह , प्रदेशसभा सदस्य सिता गुरुङ्ग , जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा.कृष्ण पौडेल लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रममा प्रदेश सभा सदस्यहरु ज्वाला साह , सारदा शंकर साह , महमद समिर , सरिता साह , नीरा कुमारी साह , अञ्जु यादव , बाबुलाल साह , बच्चा राउत , होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहाकार राजन पौडेल , होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का अध्यक्ष हिरा गौतम , जीतपुरसिमरा उप–महानगरपालिकाका प्रशासकीय अधिकृत शिवराज सेढाई , जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जको बारेमा प्रमुख संरक्षण अधिकृत अमिर महर्जन , दोश्रो अन्तराष्ट्रिय बिमानस्थलको बारेमा आयोजना प्रमुख ओम शर्मा र समग्र पर्यटन क्षेत्रको अवस्था , सम्भावना र चुनौतीका विषयमा बरिष्ठ पर्यटन व्यवसायी युवराज लामाले प्रस्तुतीकरण दिएका थिए । 

प्रस्तुतीकरण पछि आयोजित खुल्ला अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले विशेष योजनाका साथ पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्र बिन्दु बनाएर प्रदेश नम्बर २ को पर्यटन प्रवद्र्धन गर्न सकिने सुझाव दिएका थिए । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै