• २०८१ बैशाख १६ आइतबार

सन्दीप भोली स्वदेश फर्किने 

kharibot

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर आईतबार नेपाल फर्किने भएका छन् ।

शुक्रबार सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स दोस्रो क्वालिफयारमा चेन्नई सुपर किंग्ससग पराजित भएपछि सन्दीपको यात्रा पनि यस सिजनको आईपीएलमा यात्रा सकिएको हो ।

नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीले सन्दीप भोली आइतबार नेपाल फर्किने जानकारी दिए । शिवाकोटीका अनुसार सन्दीप आईतबार दिउँसो २ : ३५ मा त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।

सन्दीपले खेलेका ६ खेलमा कुल ८ विकेट लिएका छन् । सन्दीपले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा बाहेक अन्य पाँचै खेलमा विकेट लिएका थिए । यस सिजनमा खेलेका खेलमा किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै सर्वाधिक ३ विकेट लिएका थिए । 

यस आइपिएलमा सन्दीपको प्रदर्शन :

१.    कोलकोता नाइटराइडर्स : ४-०-२९-१
२.    किंग्स इलेभेन पंजाव : ४-०-२७-२  
३.    किंग्स इलेभेन पंजाव : ४-०-४०-३
४.    सनराइजर्स हैदरावाद : ४-०-३२-१ 
५.    रोयल च्यालेन्जर्स बैंगलोर : ४-०-४६-१  
६.    रोयल च्यालेन्जर्स बैंगलोर : ३-०-३६-०

दिल्लीको विदेशी खेलाडीको कोटाबाट नियमित रुपमा प्लेइङ एघारमा पर्न नसक्दा सन्दीपको यस सिजनको प्रदर्शन प्रभावित भएको देखिएको छ ।

समग्रमा हेर्दा सन्दीपले यस सिजनमा कुल ६ खेलमा २३ ओभर बलिङ गर्दै २१० रन दिएर ८ विकेट लिएका छन् । सन्दीपको औसत विकेट २६.२५ रन छ भने इकोनोमी ९.१३ रन प्रति ओभर रहेको छ । सन्दीप यस आइपिएलमा उनको टी-२० क्यारियरको बलिङ इकोनोमी रेट भन्दा महँगो भएको देखिन्छ । सन्दीपको टी-२० क्यारियरमा प्रति विकेट औसत रन २०.१३ छ भने इकोनोमी ७.१५ रन प्रति ओभर रहेको छ ।

अघिल्लो सिजनमा केबल ३ खेल खेलेका सन्दीपले ६.८३ को इकोनोमी रेटले ५ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै