• २०८१ बैशाख १४ शुक्रबार

इङलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

लिगको अन्तिम खेलमा आइतबार ब्रिङघटनलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिटीले लगातार प्रिमियर लिगको उपाधि जितेको हो । 

सिटीको जितमा सर्जियो अग्युरो, आमेरिक लोपार्टे, रियाद महरेज र इल्के गन्डोगनले एक एक गोल गरेका थिए ।  त्यस्तै ब्रिङघटनका लागि एक गोल ग्लेन मुरेले गरेका थिए ।

जितपछि सिटीको ३८ खेलमा ९८ अंक भएको छ भने लिभरपुलभन्दा एक अंक बढी ल्याएर यस सिजनको लिग जितेको छ ।

सिटीले यसअघि यो सहित ६ पटक लिगको उपाधि जितेको छ । ९० को दशकपछि सिटीले चार पटक लिगको उपाधि जितेको छ । सन् २०११-१२, २०१३-१४, २०१७-१८ र २०१८-१९ सिजनमा लिग जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै