• २०८१ बैशाख १४ शुक्रबार

विप्लव समूहका कार्यकर्ता पक्राउ

kharibot

जाजरकोट । जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए ।

पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पुर्याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै