एएफसी कप अन्तर्गत मनाङ भारतको मिनेर्भा पन्जाबसँग खेल्दै 

खरीबोट

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको चौथो खेलमा आज मनाङ मर्स्याङदी क्लबले भारतको आईलिग च्याम्पियन मिनेर्भा पन्जाब फुटबल क्लबको सामना गर्दैछ ।

समूह चरणका तीनै खेल बराबरीमा रोकिएको मिनेर्भा सोमबार नेपाल आइपुगेको हो । टोलीले आएकै दिन सामान्य प्रशिक्षण गरेको थियो । खेल  अपराह्न ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुदै छ ।

समुह इ मा रहेको मनाङ मर्स्यांदी ३ खेलमा एक बराबरी र २ हारसहित पुछारमा रहेको छ । त्यस्तै मिनेर्भा भने प्रतियोगितामा अहिलेसम्म खेलेका तिनै खेल बराबरीमा रोकिएको छ । 

समुहमा भारतको चेन्नईयिन क्लब ७ अंकसहित शिर्ष स्थानमा छ भने बंगलादेशको अबहानी लिमिटेड ढाका ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै मिनेर्वा पंजाव ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

मनाङले लिग चरणका खेलमा आगामी जुन १९ मा अबहानी ढाका र २६ जुनमा चेन्नईयीन क्लबसँग खेल्ने छ ।

सम्बन्धित समाचार

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

काठमाडौं / एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा यही असार

एएफसी कपमा मनाङ भारतीय क्लब मिनेर्वासँग बराबरीमा रोकियो

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनेर्वा पन्जावसँग बराबरी खेलको छ । मनाङले १० खेलाडीमा समेटिएको पन्जावसँग १–१ गोलको

एएफसी कप अन्तर्गत मनाङ भारतको मिनेर्भा पन्जाबसँग खेल्दै 

काठमाडौं । एएफसी कप अन्तर्गत समूह चरणको चौथो खेलमा आज मनाङ मर्स्याङदी क्लबले भारतको आईलिग च्याम्पियन मिनेर्भा पन्जाब फुटबल क्लबको सामना गर्दैछ । समूह चरणका तीनै खेल बराबरीमा रोकिएको मिनेर्भा सोमबार

मलेसियामा हुने एएफसी कपको एक खेलमा सबै निर्णायक महिला

मलेसिया । एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायक महिला राख्ने घोषणा गरेको छ । जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा


z