मिडिया काउन्सिल विधेयकमाथि मानव अधिकार आयोगको ध्यानाकर्षण

खरीबोट

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित हुने गरी वातावरणको सिर्जना नगर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रस्तावित मिडिया काउन्सिल विधेयकका प्रावधानलाई नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने वातावरण सिर्जना हुन नदिन सबैको ध्यानाकर्षण गराएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्र र मानव अधिकारका मूल्यमान्यताअनुरुप बनाउने सन्दर्भमा सम्बन्धित सरोकारवालासँगको परामर्श तथा छलफलबाट गर्न आवश्यक छ, सरकारबाट गत वैशाख २७ गते राष्ट्रियसभामा दर्ता गरिएको विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रेस स्वतन्त्रतालाई अनुगमन र नियमन गर्ने प्रस्तावित काउन्सिल स्वतन्त्र र सक्षम भएमा मात्र लोकतन्त्रको मर्यादा रही मानव अधिकार संस्कृति बलियो हुन्छ । प्रचलित प्रेस काउन्सिल ऐन, २०४८ का प्रभावकारी व्यवस्थामा अकारण परिवर्तन गरी यसको स्वायत्ततामा अङ्कुश लगाउन खोज्नु मानव अधिकारको आधारभूत मान्यता तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल हुन जाने आयोगको निष्कर्ष छ ।

आयोगले पत्रकार महासङ्घका प्रतिनिधिसँग मङ्गलबार छलफल गरेको थियो । सो क्रममा मिडिया काउन्सिलको गठन प्रक्रियाले यसको स्वायत्ततामा प्रतिकूल असर पुर्याउने र आचारसंहिता उल्लङ्घन भएको भनी आफैँ जाँचबुझ गर्ने, आफैँ दण्ड जरिवाना गर्ने र आफैँ क्षतिपूर्ति तोक्ने व्यवस्था विश्व प्रचलित न्यायिक मूल्य र मान्यता प्रतिकूल रहेको र दण्ड जरिवाना न्यायिक तथा अर्धन्यायिक निकायले मात्र गर्न सक्ने सिद्धान्त प्रतिकूल प्रस्तावित विधेयकमा प्रावधान राखिएकामा आयोगको ध्यानाकृष्ट भएको उल्लेख छ । 

प्रेस स्वतन्त्रता, मानव अधिकार र विधिको शासन लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको हुन्छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । स्वतन्त्र, उत्तरदायी र मर्यादित पत्रकारिताले जवाफदेहिताको सिर्जना, मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदछ ।
 

सम्बन्धित समाचार

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशनको एक लाख सहयोग 

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गतस्थापित  सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई एक लाख हस्तान्तरण गरेको छ  “मानव सेवा आश्रम” संस्थाका प्रमुख संरक्षक डा.

सिटी एक्सप्रेस र हिम इलेक्ट्रोनिक्सबीच साझेदारी

काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिले आफ्नो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिसँग साझेदारी गरेको छ

प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन् । सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा जन्म भई समाजका विभिन्न विधामा ख्याति कमाएका व्यक्तिलाई आज

बर्दियामा प्रेसर कुकर बम फेला

बर्दिया (गुलरिया) । नेत्र विक्रम चन्द(विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीको आज बन्दको विहान पख राजमार्गमा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । बर्दियाको सदरमुकाम गुलरिया स्थित हुलाकी सडक अन्र्तगत


z