• २०८१ बैशाख १६ आइतबार

सुजीत सरकारको फिल्ममा अमिताभ र आयुष्मान ! 

kharibot

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन र अभिनेता आयुष्मान खुराना एकै फिल्ममा काम गर्ने भएका छन् ।

अमिताभ र आयुष्मानलाई एकै फिल्ममा ल्याउने काम निर्देशक सुजीत सरकारले गरेका हुन् । सुजीत सरकारले बनाउन लागेको नयाँ फिल्म 'गुलाबो सिताबो' मा दुवै अभिनेताले अभिनय गर्दै छन् ।

यस अघि अमिताभ बच्चनले सुजीत सरकारसँग पिकु र पिंकमा काम गरिसकेका छन् भने आयुष्मान खुरानाले आफ्नो डेभ्यु फिल्म विक्की डोनरमा सुजीतको निर्देशनमा काम गरिसकेका छन् ।

गुलाबो सिताबोलाई जुही चतुर्बेदीले लेखेकी हुन् । उनेल यो फिल्म कमेडीमा आधारित हुने बताएकी छन् ।

फिल्म यसै बर्ष रिलिज हुने बताइएको छ । फिल्मलाई रोनी लाहिरी र शील कुमारले निर्माण गर्दै छन् । फिल्मको शुटिंग लखनउमा अर्को महिनाबाट शुरु हुने छ भने लगभग आगामी नोभेम्बरमा फिल्म रिलिज हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै