काठमाडौँ । उत्तर तथा मध्य अमेरिकी समुहबाट पानामा आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा पक्का गरेको हो ।
यसअघि नै छनौट भएको कोस्टारिकालाई हराउने क्रममा पानामाका लागि दुवै गोल रोमन टोरेसले गरे । उनले ५२ र ८८ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाका लागि ३६ औं मिनेटमा भेनेगासले गोल गरेका थिए । पानामा विश्वकपमा पहिलोपटक छनौट भएको हो ।
यता अमेरिका बहने विश्वकपमा छनौट हुन् सकेन । ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएको अमेरिकाले भने विश्वकपमा स्थान बनाउन असफल भएको हो ।
उत्तर तथा मध्य अमेरिकी समुहबाट मेक्सिको, कोस्टारिका र पानामाले सिधै विश्वकपमा ठाउ बनाएका छन् भने होण्डुरसले भने प्ले अफमा ठाउ बनाउन सफल भएको छ । यस्तै मेक्सिकोलाई ३–२ ले हराएको होण्डुरसले प्ले–अफमा स्थान बनाएको छ । होण्डुरसले अब विश्वकपमा स्थान बनाउका लागि अस्ट्रेलियासँग होम र अवे लिगको प्ले–अफ खेल्नेछ ।