• २०८१ बैशाख १८ मंगलबार

धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको नयाँ शाखा 

kharibot

धनुषा । धनुषा जिल्ला शिरेश्वर नगरपालिकास्थित सखुवा महेन्द्रनगरमा कृषि विकास बैंकको शाखा कार्यालयको मिति २०७६ साल जेष्ठ ३ गतेका दिन कार्यक्रमका प्रमुख अतिथी तथा माननिय मुख्यमन्त्री लालबाबु राउतले औपचारिक समुदघाटन गरेका छन् । 

उदघाटन कार्यक्रमका विशिष्ठ अतिथी तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराउनुका साथै बैंक हजुरहरुको जिम्मामा सुम्पिएको छौ, यसको बृद्धि विकास गर्ने जिम्मा स्थानीय जनप्रतिनिधी र आम स्थानीय बासी रहेको हुंदा स्थानीयजनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा थप डिजिटल सेवाहरुको अतिरिक्त विविध क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी तथा माननिय मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण स्थानीय जनताहरुको मागलाई ध्यानमा राखी सहज रुपमा कर्जा उपलव्ध गराउनु पर्ने, यस क्षेत्रबाट धेरै भन्दा धेरै यूवाहरु रोजगारीको सिलसिलमा विदेश गएकोले उनिहरुले पठाउने रेमिटेन्सलाई सहजरुपमा उनिहरुको घर परिवार समक्ष पु¥याउने व्यवस्था गराएमा कृषि विकास बैंक प्रति जनताहरुको थप आकर्षण बढ्ने थियो भनि बैंकको उच्च प्रगतिका लागि शुभकामना व्यक्त गर्नुका साथै स्थानीय वासीहरुलाई आफूसंग भएको स–सानो बचत रकमलाई बैंक जम्मा गर्न अनुरोध समेत गरे । 

उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा महेन्द्रनगरवासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, प्रकाश पारे ।

स्थानीय सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा  सो क्षेत्रका प्रबन्धक तथा कर्मचारीहरुको पनि उपस्थित रहेको थियो । उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का का.मु.विभागीय प्रमुख बासु अधिकारी, क्षेत्रीय कार्यालय जनकपुरका कर्मचारीहरु समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय