• २०८१ बैशाख १७ सोमबार

तनहुँको भानु नगरपालिका कार्यालयमा तालाबन्दी

kharibot

तनहुँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।

छनोट प्रक्रिया विपरीत अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आज बिहान तालाबन्दी गरेका छन् ।

स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्‍याएरै नगर प्रहरी छनोट गरिएको बताए ।

परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै